श्री एयरलायन्सले शुक्रबार ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थप गरेको छ । योसँगै श्रीसितग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ । हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा २४ सिट क्षमताका ट्विन इन्जिन भएका ठूला र ५ सिट क्षमताका दुई सानागरी ८ वटा हेलिकोप्टर छन् । ८ वटा हेलिकोप्टर र ११ वटा फिक्स्ड विङ जहाजसहित श्रीसँग १९ वटा वायुयान भएका छन् । दुई प्रकारका वायुयानसहित श्री नेपालमा सबैभन्दा धेरै जहाज भएको कम्पनी हुँदै आएको छ ।
करिब १० हजार ४ सय माइल दुरी ३३ घन्टाको उडान तथा तीवटा रात्री बिसानपछि जहाज काठमाडौं ल्याइएको हो । आन्तरिक उडानमा रहेका वायुयानमध्ये ड्यास एटलाई आरामदायी जहाजका रुपमा मानिन्छ ।
७ वर्षअघि ५० र ७० सिटका सीआरजेबाट आन्तरिक उडानमा प्रवेश गरेको श्रीले हाल काठमाडौंबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढी, पोखरा र सुर्खेतमा नियमित उडान गर्दै आइरहेको छ ।
बुद्ध एयरले मात्रै उडान गर्दै आइरहेको भरतपुरमा यस्ले अबको कही सातामै उडान थाल्न हालै त्यहा परीक्षण उडान सकिसकेको छ । श्रीको भरतपुर उडानपछि त्यहा बुद्धसँग हुने प्रतिस्पर्धाले यात्रुहरूले ३ हजार रुपैयाँसम्म सस्तो भाडादरको टिकट पाउने श्रीले भनेको छ । हाल भरतपुर उडान ५ हजार रुपैयाँ हाराहारीमा एकतर्फी टिकट रहेको छ ।
Tags
अर्थ / वाणिज्य