ग्लोबल आईएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालिबीच छुट प्रदानसम्बन्धी सम्झाैतामा हस्ताक्षर भएकाे छ । बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्तालाई आरुष लाइफस्टाइल हस्पिटलका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएकाे हाे ।
समझदारी पत्रमा बैंकका चिफ मार्केटिङ अफिसर दिलिप पोखरेल र आरुष लाइफस्टाइल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. सन्तोष शाक्यले हस्ताक्षर गर्नुभयाे ।
समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहक तथा बैंकको मोबाइल बैंकिङ 'ग्लोबल स्मार्ट प्लस' प्रयोगकर्ताले आरुष लाइफस्टाइल हस्पिटलमा उपलब्ध सेवामा १० देखि ३० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकले आरुष लाइफस्टाइल हस्पिटलको कुपण्डोल हाइट, ठिमी चारदोबाटो (शङ्खधर चोक), टुसाल बौद्धनाथ मार्ग, न्युरोड पोखरा, बर्गाछि विराटनगरमा रहेकाे शाखा कार्यालयबाट पनि उपलब्ध हुने सेवामा छुट पाउने छन्
Tags
अर्थ